नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, कम्तीमा २१ जनाको मृत्यु
शनिबार, २९ असार २०८१, १० : ५८
नाइजेरिया । नाइजेरियाको उत्तरी मध्य राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यस रहेका कम्तीमा १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।
नाइजेरियाली अखबार ‘पञ्च’ ले मृत्यु हुनेको सङ्ख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ। शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सयजना फसेका थिए ।
नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले सोसल मिडिया प्लेटफर्म एक्स मा लेखेको छ, ‘मृत्युको सही सङ्ख्या पुष्टि भइरहेको छ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण