महिलाको कमान्डमा परराष्ट्र मन्त्रालय, मन्त्री र सचिव दुवै महिला
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवा नेपालको चौथो महिला परराष्ट्रमन्त्री बन्न सफल भएकी छन् । नेपालको पहिलो परराष्ट्रमन्त्री सहाना प्रधान हुन् । त्यसपछि विभिन्न कालखण्डमा क्रमशः सुजाता कोइराला र डा.विमला पौडेलले परराष्ट्र मन्त्रालयको कमान्ड सम्हालेकोमा सोमबार चौथो परराष्ट्रमन्त्रीका रूपमा आरजुको इन्ट्री भएको हो ।
संयोग नै मान्नुपर्छ, परराष्ट्रमा मन्त्रीमात्रै होइन अहिले सचिव पनि महिला नै रहेको अवस्था छ । परराष्ट्र मन्त्रालयको सचिवको भूमिकामा सेवा लम्साल रहेकी हुन् ।
सचिव लम्साल परराष्ट्रमा उपसचिवका रूपमा प्रवेश गरेकी थिइन् । सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरिसकेकी उनले २०२० मा नेपाल फर्केपछि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू र अन्तर्राष्ट्रिय कानुन विभागमा पनि काम गरेकी थिइन् । २०८० मा सचिवमा बढुवा भएकी लम्सालले आफ्नो कार्यकालमा महिलामन्त्री मन्त्रालयको नेतृत्वको रूपमा पाएकी हुन् ।
आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । उनलाई विदेश मामिलाका जानकार पनि मानिन्छ । उनी नेपाली कांग्रेसबाट समानुपातिक प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा आएकी हुन् । यसअघि उनी २०७४ मा कैलालीबाट चुनाव लडेपनि एमालेका नारदमुनि रानाबाट पराजित भएकी थिइन् । यस्तै २०७९ को चुनावमा पनि उनी समानुपातिक सांसद भएकी थिइन् । भारतबाट मनोविज्ञान विषयमा विद्यावारिधि गरेकी आरजु २०५३ देखि राजनीतिमा सक्रिय छिन् ।
राजनीतिबाहेक उनी गैरसरकारी संस्थाहरूमा पनि आबद्ध रहँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण