युरोकपमा चुकेपछि अन्ततः इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले दिए राजीनामा
काठमाडौँ । लगातार दुईपटक युरोकप फुटबल प्रतियोगितामा उप–विजेताका रुपमा चित्त बुझाउनु परेपछि इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले अप्रत्यासित रुपमा आफ्नो पदबाट राजीनामा दिएका छन् ।
यसै साता जर्मनीमा सम्पन्न युरोकपको फाइनलमा इङ्ल्यान्डको टोली स्पेनसँग १–२ गोलले पराजित भएको थियो । युरोकपको फाइनलमा पराजित भएसँगै विश्व फुटबलमा प्रभावशाली प्रशिक्षकको छवी बनाएका ५३ वर्षीय साउथगेट आलोचकहरुको निसानामा परेका थिए ।
प्रशिक्षक साउथगेटले लगातार दुईपटक इङ्ल्यान्डलाई युरोकपको फाइनलमा पु¥याएका थिए । यसअघि इङ्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।
आठ वर्षअघि जिम्मेबारी समालेका ५३ वर्षीय साउथगेटको प्रशिक्षकत्वमा इङ्ल्यान्डले कुल एक सय दुई खेल खेल्यो । उनी सन् २०१६ मा इङ्ल्यान्डको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बनेका थिए । उनको पछिल्लो सम्झौता अवधि आगामी डिसेम्बरमा सकिने थियो ।
त्यसैले पनि युरोकप उपाधिबाट चुकेलगत्तै इङ्लिस टोलीमा उनको भविष्यको विषयलाई लिएर विभिन्न अनुमान लगाउन सुरु भएको थियो । ‘पहिले खेलाडी र त्यसपछि प्रमुख प्रशिक्षकको रुपमा इङ्ल्यान्डको राष्ट्रिय टोलीमा सहभागी हुन पाउनु मेरा लागि गौरवको विषय हो,’ आफ्नो राजीनामा उनले भनेका छन् ।
उनले प्रशिक्षकको भूमिकामा पनि राष्ट्रिय टोलीको स्तर उकास्न आफूले सकेजति प्रयास गरेको बताएका छन् । ‘मैले प्रशिक्षकको भूमिकामा पनि सकेजति गरेँ । अब टोलीमा परिवर्तन आवश्यक छ । त्यसैले मैले यो जिम्मेबारी त्याग गर्ने निर्णय लिएको हुँ,’ उनले भनेका छन् ।
फुटबल एसोसिएसन (एफए) ले पनि प्रमुख प्रशिक्षक साउथगेटले राजीनामा दिएको समाचारको पुष्टि गरेको छ । साउथगेटले प्रमुख प्रशिक्षकको जिम्मेबारी सम्हालेयता ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डको प्रदर्शन सन्तोषजनक रह्यो ।
उनको प्रशिक्षकत्वमा इङ्ल्यान्डले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट नतिजा निकालेको थियो । उनले लगातार दुईपटक इङ्ल्यान्डलाई युरोकपको फाइनलमा पु¥याएका थिए । उनकै प्रशिक्षकत्वमा इङ्ल्यान्ड सन् २०१८ मा फिफा विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।
त्यतिबेला सेमिफाइनलमा इङ्ल्यान्डलाई क्रोएसियाले अतिरिक्त समयमा १–२ गोलले हराएको थियो । त्यसपछि तेस्रो स्थानका लागि खेलिएको खेलमा इङ्ल्यान्डको टोली बेल्जियमसँग २–० गोलले पराजित भएको थियो ।
त्यसलगत्तै साउथगेटकै प्रशिक्षकत्वमा इङ्ल्यान्ड सन् २०२२ को विश्वकपमा पनि क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यो विश्वकपमा पनि इङ्ल्यान्ड अपराजित रहेर समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।
त्यो विश्वकपको प्रि–क्वार्टरफाइनलमा पनि इङ्ल्यान्डले सेनेगलमाथि ३–० गोलको सजितलो जित हात पारेको थियो । तर, क्वार्टरफाइनल खेलमा भने इङ्ल्यान्डको टोली बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग १–२ गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण