महिला टी–२० विश्वकप क्रिकेटमा टोलीको सङ्ख्या बढाइने, एसोसिएट्स सदस्य राष्ट्रलाई फाइदा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकपमा सहभागी टोलीको सङ्ख्या बढाउने निर्णय गरेको छ । सन् २०३० मा आयोजना हुने संस्करणदेखि सहभागी टोलीको सङ्ख्या बढाएर ३० पुर्याइएने भएको छ ।
आईसीसीको यो निर्णयले एसोसिएट्स सदस्यलाई फाइदा पुग्नेछ । महिला क्रिकेटलाई लोकप्रिय बनाउँदै लैजाने उद्देश्यले यस्तो निर्णय लिइएको समाचारमा जनाइएको छ । आईसीसीले यसअघि नै महिला विश्वकपमा टोलीको सङ्ख्या बढाउने बताउँदै आएको थियो ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा सम्पन्न टी–२० महिला विश्वकप क्रिकेटमा १० वटा टोलीको मात्र सहभागिता जनाएका थिए । महिला टी–२० विश्वकपको पहिलो संस्करण सन् २००९ मा आयोजना भएको थियो । त्यतिबेला आठ वटा टोलीले मात्र सहभागिता जनाएका थिए ।
सन् २०२६ को विश्वकपका लागि छनोट प्रतियोगिता आगामी अक्टोबर ३१ तारिखदेखि सुरु हुने पनि आईसीसीले जनाएको छ । यसका अतिरिक्त आईसीसीले सन् २०२६ मा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि क्षेत्रीय कोटा पनि निर्धारण गरेको छ ।
जसअन्तर्गत अफ्रिका र युरोपबाट दुई–दुई टोली सन् २०२६ को पुरुष विश्वकपमा छनोट हुनेछन् । अमेरिकाबाट एक टोली छनोट हुनेछ । एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट तीन वटा टोलीले विश्वकपमा प्रवेश पाउने छन् ।
यसअघि एसियाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली पुरुष टी–२० विश्वकपमा छनोट हुने प्रावधान थियो । श्रीलङ्काको कोलम्बोमा सम्पन्न आईसीसीको वार्षिक साधारणसभाले यी निर्णय गरेको हो । वार्षिक साधारणसभामा एक सय आठ सदस्य राष्ट्रका प्रतिनिधिको सहभागिता थियो ।
वार्षिक साधारणसभाले अमेरिका क्रिकेट संघ र चिली क्रिकेट संघलाई आईसीसी सदस्यताको सम्पूर्ण मापदण्ड पुरा गर्न १२ महिनाको समय दिने निर्णय पनि गरेको छ । यसका अतिरिक्त हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पुरुष टी–२० विश्वकपको गम्भीर समीक्षा गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण