तीन मिनेट पनि नटिकेको एउटा बिहे
कुवेत । कुवेतमा एक दम्पतीले तीन मिनेटमै बिहे रद्द गरेका छन् । बिहे लगत्तै बेहुलाले आफ्नी नयाँ दुलहीलाई ‘बेवकुफ’ भनेपछि दुई जनाबिच झगडा भएको थियो ।
इन्डी १०० का अनुसार कुवेतमा एउटा अदालतमा बिहे गरेर बाहिर निस्कने क्रममा बेहुली चिप्लिएर लडेकी थिइन् । भर्खरै बिहे गरेका श्रीमानले आफूलाई खिसी गरेपछि बेहुली त्यति नै बेला अदालत भित्र छिरेर न्यायधीससँग ठाउँको ठाउँमै बिहे खारेज गर्न भनेकी थिइन् ।
केही क्षणअघि मात्रै बिहे गराइदिएकी बेहुलीले सम्बन्ध विच्छेद मागेपछि न्यायाधीश पनि अक्क न बक्क भएका थिए । तर उनले बेहुलीको कुरा नमानी सुखै पाएनन् ।
बिहे भएको ३ मिनेटमै उक्त बिहे रद्द गरियो । यो घटना अहिलेको होइन, सन् २०१९ को हो । तर यतिबेला पुनः यो बिहे सामाजिक सञ्जालमा चर्चामा आएको छ । माइक्रोब्लगिङ वेबसाइट एक्समा यो खबर भाइरल भएपछि भिजिटरहरूले यसमा धमाधम प्रतिक्रिया दिइरहेका छन् ।
‘सुरुमै उसले यस्तो व्यवहार गर्छ भने उसलाई छाड्नै बेस हुन्छ’ एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् । अर्का एक जनाले भने सम्मानको भावना नभएको बिहे सुरुदेखि नै असफल हुने अर्का एक जनाले बताएका छन् । यसअघि सन् २००४ मा बेलायतमा पनि एक जोडीको बिहे ४ घण्टा मात्रै टिकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण