रास्वपाले भन्यो– उपसभामुख रानाको पत्र कतै दर्ता छैन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासमा भिसाका लागि लेखेको पत्रबारे कतै दर्ता नभएको प्रस्टीकरण दिएको छ ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकपछि सहप्रवक्ता मनिष झाले पत्रबारे छलफल गर्ने एजेण्डा नभएपनि अनौपचारिक छलफल भएको बताए । उनले भने, ‘पत्रको मिति १८ महिना अघिको रहेछ त्यो पत्र अमेरिकन एम्बेसीमा रजिस्टार भएको छैन र कार्यान्वयनमा पनि गएको छैन ।’ उनले त्यसमा आर्थिक चलखेल पनि नभएको बुझिएको बताए । ‘राजनीतिक रूपमा संवैधानिक परिषद्का लागि भइरहेका चलखेलका रूपमा भएको आशंका गर्यौ’, उनले भने, ‘तथापि यस्तो राजनीतिक अभ्यास नभएकाले सजग हुनुपर्छ भन्ने स्वीकारोक्ति छ ।’
उनले अहिले रानामगर रास्वपाको नभएपनि पार्टीले त्यसबारे आफ्नै ढंगले हेरिरहेको बताए । ‘यसको अर्थ हामी चुप लागेर बस्दैनौ’, उनले भने, ‘सम्बन्धित निकाय संसद् र राज्य व्यवस्था समितिमा उजुरी पनि परेको छ भन्ने सुनेका छौँ । त्यसलाई हेर्दैछौँ ।’
यस्तै महामन्त्री मुकुल ढकालले रानामाथि लगाएको आरोपमा कुनै सत्यता नभएको रास्वपाको भनाइ छ । ढकालले रानाले नाम सिफारिस गर्दा रकम लिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण