‘वर्षमा एउटा फिल्म गरे भने बाँकी दिन के गरुँ ?’
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो लगातारको कामको खिल्ली उडाउने ट्रोलरहरुलाई जवाफ दिएका छन् । ‘किन वर्षको चार-चार फिल्म गर्ने ?’ भनेर प्रश्न गर्नेहरुलाई अक्षयले जवाफ फर्काएका हुन् ।
वर्षमा एउटा फिल्म गरे भने बाँकी दिन के गर्ने भनेर अक्षयले प्रतिप्रशन् गरेका छन् । ‘म किन बढी काम गर्छु भनेर मानिसहरूले प्रश्न उठाउँछन्। म त्यस्ता मानिसहरूलाई भन्न चाहन्छु कि कम्तिमा हामीसँग काम छ। जोसँग काम छ, कमसेकम गर्न दिनुहोस्,’ अक्षयले भनेका छन् ।
अक्षय कुमारको पछिल्लो रिलिज सरफिराले बक्स अफिस केही खास गर्न सकेन । यसअघि रिलिज भएका चलचित्र ‘बडे मियाँ–छोटे मियाँ’ले पनि अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेनन् । अक्षयको यो वर्ष थप २–३ फिल्म रिलिज हुनेछन् ।
मामाअर्थका संस्थापक गजल अलघसँग कुरा गर्दै अक्षय कुमारले भने–‘उनीहरुले मलाई एक वर्षमा ४ वटा फिल्म किन गर्ने भनेर सोध्छन् । मैले एउटा मात्रै फिल्म गर्नुपर्छ भन्ने उनीहरुको भनाई छ । ल ठिक छ म एउटै फिल्म गर्छु, त्यसपछि बाँकी दिन के गर्ने? म तिम्रो घर आउनु ?
अक्षयले भने, ‘धेरैलाई लाग्छ म धेरै काम गर्छु । याद राख, काम गर्नेहरू भाग्यमानी हुन्छन्। यहाँ धेरैले बेरोजगारीको कुरा गर्छन्। जसले काम पाइरहेको छ, कम्तिमा उनीहरुलाई त काम गर्न देउ ।’
यस वर्ष रिलिज भएका अक्षयका दुवै फिल्म फ्लप भएका छन् । अब थप दुई फिल्म ‘खेल खेल मे’ र ‘स्काई फोर्स’ रिलिज हुँदैछन् । यसबाहेक उनी सिंघम अगेनमा केमियो गर्दै देखिनेछन् ।
यसै वर्ष रिलिज भएका अक्षयका सरफिरा र बडे मियाँ–छोटे मियाँ फ्लप भएका थिए । बडे मियाँ–छोटे मियाँ ठूलो बजेटमा बनेको थियो । फिल्मले ५९ करोड मात्रै कमाएको थियो । यसबाहेक सरफिरा १७ करोडमा मात्र सीमित बनेको छ । सरफिराले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाए, तर यसलाई संख्यामा अनुवाद गर्न सकेन।
फिल्म सरफिरा दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ । गोपीनाथले देश मा पहिलो कम लागत एयरलाइन सरू गरे। समाजको सबैभन्दा तल्लो व्यक्तिले पनि हवाई यात्राको मजा लिउन् भन्ने उनको सपना थियो । यसमाथि दक्षिणमा ‘सूरराई पोत्रु’ नामक फिल्म बनेको थियो । सूर्या अभिनित यो फिल्मले राष्ट्रिय अवार्ड पनि पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण