सलमान आज पुनः अदालतमा पेश हुने
सोमबार, २४ वैशाख २०७५, ०७ : ५७
कृष्णसारको शिकारको मामलामा जोधपुरबाट जमानत पाएपछि बलिउड नायक सलमान खान सोमबार पुनः अदालतमा पेश हुँदैछन् । यो सुनुवाइको क्रममा उनका वकिलले अदालतसँग सलमान खानको सजायँ रद्द गर्न आग्रह गर्नेछन् ।
स्मरण रहोस्, यसमा सलमानलाई दोषी पाइएको छ र उनलाई पाँच वर्षको सजायँ सुनाइएको थियो । यो घटना सन् १९९८ को हो ।
फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानले कृष्णसारको शिकार गरेको पुष्टि भएको थियो । यद्यपी, उनलाई सजायँ सुनाइएको दुई दिन पछि नै उनले जोधपुर अदालतबाट जमानत पाएका थिए ।
सलमानबाहेक अन्य आरोपी तब्बू, सेफ अली खान, निलम कोठारी र सोनाली बेन्द्रेलाई निर्दोष पाइएको थियो । सलमानलाई सन् २००६ मा पनि यो मुद्दामा दोषी पाइएको थियो तर एक वर्षपछि नै उनको सजायँ रद्द गरिएको थियो र सन् २००८ मा उनीविरुद्ध पुनः मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण