पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन

पोखरा । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । पोखरा महानगरका शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरूमा उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा, मेकानिकल इन्जिनियर सरोज चालिसे र शिक्षा अधिकृत रामप्रसाद तिवारी छन् ।
उनीहरूलाई ७ दिनको अवधि दिइएको छ । ‘दुर्घटना हुनुको कारण, सवारी साधन, चालकको अवस्था, बसमा रहेका विद्यार्थी सङ्ख्या, राख्न पाउने सङ्ख्या, लगायतका विषयमा अध्ययन गरी अगामी दिनमा यस्ता प्रकृतिका दुर्घटना न्यून गर्नका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले संयोजकलाई पत्र पठाएर जानकारी गराएका छन् ।
बसमा अरू स्कुलका विद्यार्थी समेत रहेको प्रारम्भिक जानकारी आएको छ । सिट क्षमता २० जनाको भए पनि ३० जनाभन्दा बढी विद्यार्थी चढाएको र तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यद्यपि चालकले भने ब्रेक फेल भएको भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने