अविरल वर्षाले भक्तपुरको विभिन्न स्थान डुबानमा (तस्बिरहरु)
भक्तपुर । गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले रातोपाटीलाई बताए ।
बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको र डुबानमा परेका सामान निकाल्ने प्रयास भइरहेको इन्स्पेक्टर पौडेलले बताए ।
सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको छ सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ । खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।
यता सूर्यबिनायक नगरपालिका–८ पुरानो जगोत स्थित कपास उद्योगमा बाढी पसेको छ । गएराति पौने ३ बजेतिर ठाडो खोलामा आएको बाढी कसर ओलीले सञ्चालन गरेको कपास उद्योगमा पसेको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।
भक्तपुरका चाँगुनारायण नगरपालिका–८ स्थित साइन उडन फर्निचर उद्योगमा बाढी पसेको छ । बुधवार बिहान ४ बजेतिर ब्रह्मायणी खोलामा आएको बाढी उद्योगमा पसेर करिब १० लाखको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।
_CmbCUCFZx9.jpg)
_0tIb3EzXcc.jpg)
_Eg0qEfj55l.jpg)
_YtgDdWCEp0.jpg)
_vIR3EW9NwV.jpg)
_AeBkjHqrB6.jpg)
_4YDMGpEqy3.jpg)
_9u5pBLmBQl.jpg)
_93ZHt0YHfL.jpg)
_NoAuftZ0pp.jpg)
_hfNXTqqy7t.jpg)
_Qmv1zoGkTD.jpg)
_8Gsur63ISn.jpg)
_4m0MxR4iEi.jpg)
_vYR25zgvIb.jpg)
_0tM9hyAxhH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण