आईपीएलमा अनुबन्ध भएर बिचमा खेल छाडे दुई वर्षको प्रतिबन्ध !
काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो, इन्डियन प्रिमियर लिग (आईपीएल) । आगामी संस्करण सुरु हुन लामो समय बाँकी रहे पनि आईपीएलको विषयमा चर्चा सुरु भइसकेको छ ।
यसैबीच, आईपीएलमा सहभागी टोलीहरुले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग छलफल पनि गरेका छन् । खासगरी आईपीएल टोलीहरुले आफ्नो एउटा मागलाई गम्भीर रुपमा उठाएको समाचारमा जनाइएको छ ।
क्लबहरुले यदि कुनै विदेशी खेलाडीले खेलका बिचमा खेल छाडेमा त्यस्ता खेलाडीलाई आगामी दुई वर्षसम्म आईपीएल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइनु पर्ने माग राखेका छन् । आईपीएलको विगतका संस्करणहरुमा केही विदेशी खेलाडीले बिचमै खेल छाडेका थिए । त्यसैले क्लबहरुले यस्तो माग अघि सारेका हुन् ।
निलामीमा ठुलो रकम खर्चिएर खेलाडी खरिद गरेपछि उनीहरुले पुरै अवधि खेल्नु पर्ने क्लबहरुको माग छ । बिचमा खेल छाड्नु पर्ने स्पष्ट कारण देखाएमा भने त्यस्ता खेलाडीलाई छुट दिन सकिने क्लबका प्रतिनिधिले जनाएका छन् ।
प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्ने अवस्थामा, घाइते भएको अवस्थामा र पारिवारिक समस्या परेको अवस्थामा मात्र खेल छाडन पाउने नियम लागू गरिनु पर्ने माग राखेका छन् । उनीहरुले आफूले ठुलो विश्वास गरेर खरिद गरेका खेलाडीले ब्यक्तिगत कारण देखाउँदै बिचमा खेल छाड्दा त्यसको प्रभाव नतिजामा पर्ने गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण