तीज अनि विकृति

महिलाहरूको महान् चाड भन्छन् अरे यो तीजलाई
बढ्दो विकृतिले लौन लाजमर्दो बनाइसक्यो सबलाई
छोरीचेलीका गीत सुन्न जम्मा हुन्थे आँगनमा पहिले
सुन्न हेर्न नसकिने तीज गीतले दिक्क भा छन् अहिले
मादलको ताल,वेदना भरिएका दोहोरी कता हरायो
क्लब अनि डिस्को, अङ्ग्रेजी गीतमा उफ्रने पो गरायो
तीजको अघिल्लो दिनमात्र चलन थियो रे दर खाने
अहिले महिना दिन अघिबाट नै महँगा पार्टीमा रम्ने
दहीदुध र फलफूल खाने ती दिदीबहिनीहरू पहिले
ह्विस्कीका बोतल हल्लाउँदै नाच्न थाले लौ अहिले
जे छ त्यसैमा खुसी हुँदै तीज पर्व मनाउँथे पहिले
तँछाडमछाड गर्दै,गहना र कपडा प्रदर्शन अहिले
चोरी, लुटपाट निकै कम थिए तीज मनाउँदा पहिले
के सारो बढ्यो लौ न हजुर यस्ता घटनाहरू अचेल
विकृति बढ्दो छ, दिनदिनै संस्कृति हाम्रो नाङ्गिँदै छ
आधुनिक तीज यस्तै हो भन्दै, लौ झ्याली पिटिँदै छ।
संस्कृति हाम्रो पहिचान ,जगेर्ना गर्ने दायित्व हाम्रै हो
सुन्दर सन्देश प्रवाह गर्दै मनाऊँ है तीज यसपालिको।
रविना महर्जन शिक्षिका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो
-
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा
-
शक्ति बस्नेत बोल्दै गर्दा सूर्य थापाको नियमापत्ति
-
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी
-
८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन
-
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ