सोनमले संगीत पार्टीमा लगाएको लेहेंगा बन्न १८ महिना, दुई वर्षअघिको अर्डर
सोनम कपुरको संगीत पार्टी सोमबार बेलुका आयोजना भयो । उक्त कार्यक्रममा सोनमले अफ ह्वाइट कलरको लेहेंगा कुन्दन ज्वेलरीसँग लगाएकी थिइन् ।
सोनमको उक्त लेहेंगा फेशन डिजाइनर संदीप खोसला र अबू जानीले तयार गरेका थिए ।
यी दुइले सोनमका तस्बिर इन्स्टाग्रामा पोष्ट गरेर उक्त लेहेंगा बन्न १८ महिनाको समय लागेको बताए ।
उक्त लेहेंगामा चिकनकारीका साथै मिरर वर्क गरिएको छ ।
सोनम आफ्नो फेभरेट भएकाले उनको जीवनको विशेष दिनमा विशेष लेहेंगा तयार गरेको डिजाइनर द्वयको भनाई छ । उक्त लेहेंगाको अर्डर सोनमले दुई वर्ष अघि नै दिएको बताए ।
सोनमको संगीत र मेहेन्दीको कार्यक्रममा मुम्बईको सनटेक बीकेसीमा भएको थियो । मे ८ अर्थात् आज सोनम र आनन्द विवाह बन्धनमा बाँधिनेछन् । विवाह सोनमको आन्टी कविता सिंहको बंगलामा बिहान ११ देखि १२ः३० बजेसम्म हुने बताइएको छ । बेलुका आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण