सोनमले मात्र होइन, बलिउड बाहिरका जीवनसाथी यी नायिकाले पनि चुने
बलिउड अभिनेत्री सोनम कपुर र व्यवसायी आनन्द आहूजाको मुम्बईमा आज विवाह हुँदै छ ।
उनको विवाह अघिका कार्यक्रमका तस्बिर सोसल मिडियामा निकै सेयर गरिँदैछ ।
आनन्द अहूजा दिल्लीका व्यापारी हुन् र शाही एक्पोर्टस् कम्पनीका म्यानेजिङ डिरेक्टर हुन् ।
सोनमले फिल्मी जगत् बाहिरका जीवनसाथी रोजेकी हुन् । तर यसो गर्ने उनी पहिलो अभिनेत्री भने होइनन् ।
फिल्मी क्षेत्र बाहिरका
यसअघि थुप्रै उदाहरण छन् । आज हामी तपाईंलाई ती अभिनेत्रीबारे जानकारी दिँदै छौं ।
सलमान खान, आमिर खान र अक्षय कुमारजस्ता अभिनेतासँग काम गरिसकेकी आसिनले पनि बलिउड बाहिरका जीवनसाथी चुनिन् ।
उनको विवाह व्यापारी राहुल शर्मासँग सन् २०१५ मा भयो ।
राहुल वाइयू टेलिवेन्चर्स र माइक्रोम्याक्स इन्फर्मेटिक्सका सह–संस्थापक हुन् । दुबैले एक नीजि समारोहमा विवाह गरे ।
शिल्पासँग राज कुन्द्राः
शिल्पा लामो समयदेखि फिल्मबाट टाढा छिन् तर आफ्नो फिटनेस भिडियोका कारण उनी सधैं चर्चामा छाइरहिन्छन् ।
खबरलाई मान्ने हो भने राज कुन्द्रा र शिल्पाको पहिलो भेट शिल्पाको परफ्युम ब्रान्डको लञ्चको क्रममा भएको थियो ।
यद्यपी, राज कुन्द्राको यो पहिलो विवाह भने होइन । यसअघि उनको विवाह कवितासँग भएको थियो ।
सन् २००९ मा राज कुन्द्रा र शिल्पाले विवाह गरे । दुबैका विवान नामका एक छोरा पनि छन् ।
जूही चावलाः
जूही चावलाले पनि बलिउडभन्दा परका उद्योगपती जय मेहतासँग विवाह गरिन् ।
जूही र उनका श्रीमान् इन्डियन प्रिमियर लीगको समूह कोलकाता नाइट राइडर्सका सह–मालिक पनि हुन् ।
सेलिना र पीटर ह्यागः
सेलिना जेट्लीले पनि पीटर ह्यागसँग विवाह गरेर यो ट्रेन्डलाई अगाडि बढाइन् ।
पीटर होटल व्यवसायी हुन् । केही वर्षसम्म डेट गरेपछि दुबैले विवाह गरेका थिए ।
पीटर एम्मार हस्पिटालिटी ग्रुपका ग्रुप डाइरेक्टर अफ मार्केटिङ हुन् । दुबैले सन् २०११ मा विवाह गरे ।
अमृता अरोडाको रोजाईः
अमृता अरोडाको पनि व्यवसायी शकिल लाडकसँग भएको छ । शकिल हस्पिटालिटीको क्षेत्रमा एक चर्चित नाम हो ।
आयशा टाकियाः
आयशा टाकियाको विवाह फरहान आजमीसँग भयो । फरहान रेष्टुरेन्ट व्यवसायी हुन् ।
यसका साथै, टीना मुनीम (अब टीना अम्बानी) र मुमताजले पनि कारोबारीलाई जीवनसाथीको रुपमा चुने ।
यसका साथै, यो सूचीमा विराट कोहलीसँग विवाह गर्ने अनुष्का शर्मा, जहिर खानसँग विवाह गर्ने सागरिकाको नाम पनि समावेश छ ।
यो सूची यतिमा मात्र समाप्त हुँदैन । डाक्टरसँग विवाह गर्ने माधुरी दीक्षितदेखि हरभजन सिंहसँग विवाह गर्ने गीता बसरा पनि यो सूचीका केही अन्य नाम हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण