नेपाल–कोरियाबिच सम्बन्ध स्थापनाको ५०औँ वार्षिक उत्सवको अवसरमा वृक्षारोपण
काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापनको ५० औँ वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन र कोरियाली दूतावासको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
गोकणेश्वर नगरपालिकामा रहेको राष्ट्रिय सहिद तथा शान्तिपार्कको समीपमा अगस्ट ७ र ८ तारिखमा झन्डै ३०० वटा बिरुवा वृक्षारोपण गर्दै ९ तारिखका दिनमा विधिवत् रूपमा कार्यक्रम समापन गरिएको थियो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बाग्मती प्रदेश वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, सांसदहरू, नगर पालिका प्रमुख लगायतका स्थानीय पदाधिकारीहरू, नेपालका लागि कोरियाली राजदूत पार्क थेयङ लगायत दूतावासका कर्मचारीहरू, कोटानका अध्यक्ष अमरबहादुर शाही लगायतका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीय जनताको सहभागिता रहेको थियो।
मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष पुगेको अवसरमा कोरिया र नेपालबिच सरकारी तहमा मात्र नभै जनस्तरमा समेत घनिष्ठ सम्बन्ध रहेको धारणा राखे।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपालका लागि कोरियाली राजदूत पार्कले दुई देशको सम्बन्ध विस्तार तथा जलवायु परिवर्तनले वातावरणमा पर्न गएको नकारात्मक प्रभावलाई वृक्षारोपणको माध्यमबाट सहयोग पुग्ने धारणा राखे । त्यसै गरी विगतको ५० वर्षको सम्बन्धलाई मूल्याङ्कन गर्दै भविष्यका ५० वर्षको सुमधुर सम्बन्ध स्थापना गर्नका लागि दुई देशबिच आपसी साझेदारीमा आधारित कार्यक्रम तर्जुमा गर्ने बारेमा मन्तव्य राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण