बिजुलीको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनूस् : सांसद ढकाल
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई आकस्मिक समयमा बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले केही बेर संसद् अवरोध गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले ढकालको माइक काटेका थिए ।
त्यसपछि रास्वपा र राप्रपा सांसदहरू उठेर होहल्लासहित अवरोध गर्न पुगे । उनीहरूले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाए ।
त्यस क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले सांसद हरि ढकालले विद्युत् महसुलको विषय उठाउने बित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।
त्यसपछि रास्वपा सांसद उठेर होहल्ला गरिरहे । रास्वपा सांसदले अवरोध गरेपछि सत्तारुढ दलका सांसद रघुजी पन्त र ठाकुर गैरे उठेर बोल्न खोजे पनि सभामुखले समय दिएनन् । त्यसपछि सभामुख घिमिरेले पुनः ढकाललाई बोल्न समय दिए ।
त्यसपछि ढकालले बिजुलीको महसुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिन आग्रह गरे । उनले भ्रष्टाचारसम्बन्धी संसद्मा उठाउन लाग्दा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको बताए । उनले २२ अर्बको बक्यौता ६ अर्बमा पुग्दा असुल गर्न चासो नभएको र संसद्मा आकस्मिक विषय बन्न नसकेको भन्दै आकस्मिक विषय बन्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण