भक्तपुर दुर्घटना
ट्रकको ठक्करबाट मृत्यु भएकी स्कुटर चालकको शव प्रदर्शनकारीले निकाल्न दिएनन्
बिहीबार, ३१ साउन २०८१, १६ : ४५
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । कौशलटारबाट गठ्ठाघर तर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकको मृत्यु भएपछि त्यहाँ प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले शव निकाल्न दिएका छैनन् । ट्रकले स्कुटरलाई लछारेर हत्या गरेको प्रत्यक्षदर्शीले जिकिर गरेका छन् ।
भक्तपुरका एसपी वेद विष्ट नेतृत्वको टोलीले घटनास्थलमा गएर शव निकाल्ने प्रयास गरिरहेका छन् । प्रदर्शनका कारण यातायात प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण