खुम्बु क्षेत्रमा हिमपहिरो : घटनास्थलतर्फ प्रहरी पठाइयो

विराटनगर । सोलुखुम्बु जिल्लाको पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ । सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले अहिलेसम्म क्षतिको विवरण नआएको बताए ।
‘हामी घटनाबारे थाहा पाएका हौं । नजिकैको प्रहरीलाई विवरण बुझ्न र घटनास्थलतर्फ पठाएका छौं । केही समयपछि प्रहरी पुगेर क्षतिको अवस्थाबारे जानकारी आउँछ,’ उनले भने ।
उता, सोलुखुम्बुबाट निर्वाचित प्रदेशका सांसद गोम्बु शेर्पाले हिम पोखरी फुटेर ब्यापक रुपमा दूधकोशीमा बाढी आइरहेको जानकारीमा आएको बताए । दूधकोशी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो । सोलुखुम्बु, खोटाङमा क्षति पुग्न सक्ने उनले बताए ।
जिल्लाको खुम्बु पासाङ ल्यामु, माप्यदूधकोशी गाउँपालिका, सोताङ, थुलुङ दूधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्न सक्ने उनले बताए ।
‘खुम्बुको थामे गाउँमा बाढीले गर्दा केही घर बगाएको भन्ने खबर छ । दूधकोशी नदी अहिले बढेर लुक्ला फेदिसम्म आइपुगेको खबर छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
-
अदालतले नदेखेको जातीय विभेद !
-
निजामती विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेस गर्नेगरी तयारी गर्न निर्देशन
-
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
-
वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः ज्ञानेन्द्र शाही
-
उधारो असुली कानुन बनाउन माग