खुम्बु क्षेत्रमा हिमपहिरो : घटनास्थलतर्फ प्रहरी पठाइयो
विराटनगर । सोलुखुम्बु जिल्लाको पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ । सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले अहिलेसम्म क्षतिको विवरण नआएको बताए ।
‘हामी घटनाबारे थाहा पाएका हौं । नजिकैको प्रहरीलाई विवरण बुझ्न र घटनास्थलतर्फ पठाएका छौं । केही समयपछि प्रहरी पुगेर क्षतिको अवस्थाबारे जानकारी आउँछ,’ उनले भने ।
उता, सोलुखुम्बुबाट निर्वाचित प्रदेशका सांसद गोम्बु शेर्पाले हिम पोखरी फुटेर ब्यापक रुपमा दूधकोशीमा बाढी आइरहेको जानकारीमा आएको बताए । दूधकोशी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो । सोलुखुम्बु, खोटाङमा क्षति पुग्न सक्ने उनले बताए ।
जिल्लाको खुम्बु पासाङ ल्यामु, माप्यदूधकोशी गाउँपालिका, सोताङ, थुलुङ दूधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्न सक्ने उनले बताए ।
‘खुम्बुको थामे गाउँमा बाढीले गर्दा केही घर बगाएको भन्ने खबर छ । दूधकोशी नदी अहिले बढेर लुक्ला फेदिसम्म आइपुगेको खबर छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण