विवाहपछि सोनमले आनन्दलाई दिनेछिन् १६ वर्ष अघिदेखि सम्हालेर राखेको विशेष उपहार
सोनमको विवाह बलिउडका लागि टक अफ द टाउन रह्यो । उनलाई बलिउडमा फेसन डिभाको रुपमा लिइन्छ त्यसैले उनको विवाहको आउटफिटमा मानिसहरुको विशेष रुची रह्यो । विवाहमा के लगाउने भन्ने बारे सोनमले निकै समयअघि प्लानिङ गरिरहेको पनि बताइएको छ । विवाहको आउटफिटमा मात्र नभई सोनमले आफ्ना श्रीमानलाई दिने उपहारबारे पनि निकै वर्ष अघिदेखि प्लान गरिरहेकी थिइन् । वास्तवमा, १६ वर्ष अघिदेखि । उनले यसबारे एक अन्तर्वार्तामा जानकारी दिएकी छिन् ।
एक कार्यक्रमका बेला ३२ वर्षीया सोनमले आफू १६ वर्षको हुँदा एउटा कविता लेखेको जसलाई आफूले अहिलेसम्म पनि सम्हालेर राखेको जानकारी दिइन् । उनले अन्तर्वार्तामा भनेकी थिइन्, ‘हुन त मैले थुप्रै कविता लेखेकी छु तर एउटा यस्तो कविता छ जसलाई मैले १६ वर्ष हुँदा लेखेकी थिएँ ।’
‘त्यतिबेला मैले आफैंलाई बचन दिएकी थिएँ कि जब म विवाह गर्नेछु त्यो दिन मेरो जीवनसाथीलाई यो कविता दिनेछु । म उनलाई भन्ने छु कि मलाई यस्तो जीवन चाहिन्छ र आशा छ कि हामी दुबै यसलाई मूर्त रुप दिनका लागि काम गर्नेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण