नेता कोइरालाको प्रश्न : के हुनेखानेले मात्र मेडिकल शिक्षा पढ्न पाउने हो ?
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताएका छन् ।
मंगलबार सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले काठमाडौँको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आ-आफ्नो क्षेत्रबाट स्वास्थ्य सेवा वातावरण सहज बनाउन आग्रह गरे ।
'के मेडिकल शिक्षा हुने खानेले मात्रै पढ्ने हो?‚’ उनले प्रश्न गरे ।
नेता कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा भएको बताए । सरकारी अस्पतालहरूमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएकोमा कोइरालाले चिन्ता व्यक्त गरे ।
‘आइओम (टिचिङ), वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन । अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु‚’ उनले भने ।
नेता कोइरालाले स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण