महिला टी–२० विश्वकप बंगलादेशबाट यूएई सारियो
काठमाडौँ । सन् २०२४ को टी–२० विश्वकप बंगलादेशबाट सारेर यूएईमा आयोजना हुने भएको छ । आईसीसीका प्रमुख कार्यकारी अधिकृत जेअफ आलर्डाइसले यो कुराको पुष्टि गरेका हुन् ।
एक वक्तव्य जारी गर्दै आलर्डाइसले टी–२० विश्वकप बंगलादेशमा आयोजना नहुनु लज्जाको विषय भएको बताउँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले प्रतियोगितालाई अविस्मरणीय रूपमा आयोजना गर्ने थियो भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
‘बंगलादेशमा नै प्रतियोगिता आयोजना गर्नका लागि बीसीबीले गरेको प्रयासका लागि त्यहाँको टोलीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘तर, सहभागी टोलीका सरकारले जारी गरेको ट्राभल एड्भाइजरीका कारण यो सम्भव हुन सकेन ।’
उनले बंगलादेशको प्रतियोगिता आयोजनाको अधिकार भने कायम रहेको स्पष्ट पार्दै निकट भविष्यमा त्यहाँ आईसीसीको वैश्विक प्रतियोगिता आयोजना हुनेमा आशा व्यक्त गरे ।
बंगलादेशमा जारी राजनीतिक उथलपुथलका कारण त्यहाँबाट प्रतियोगिता अन्यत्र सार्न आईसीसी बाध्य भएको हो । बंगलादेश सरकारले संयुक्त राष्ट्रसंघमार्फत प्रतियोगिता आयोजना गर्न अन्तिम प्रयास गरे पनि अस्ट्रेलिया, भारत, न्युजिल्याण्ड, बेलायत र स्कटल्यान्डले आफ्ना नागरिकहरूलाई त्यहाँ नजान ट्राभल एडभाइजरी जारी गरेका कारण यो सम्भव हुन सकेन ।
यसअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव अस्वीकार गरेको थियो । त्यसपछि यूएई, श्रीलंका र जिम्बाव्वेलाई सम्भावित आयोजकका रूपमा हेरिएको थियो । १० वटा टोली सहभागी हुने यो प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म आयोजना हुनेछ ।
ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण