नार्कका वैज्ञानिक कर्मचारी आन्दोलनमा
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीहरूले प्राविधिक र प्रशासनिक समूहका कर्मचारीको समान तलबमान कायम गर्न दिएको अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेको भन्दै आन्दोलन थालेका छन् । कर्मचारीहरूले समान तलबमानको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
उक्त रिटमा उच्च अदालत पाटनले समकक्षी प्राविधिक प्रशासनिक कर्मचारीसँगको समान आधारभूत मासिक तलबमानलाई असमान कार्य गर्नु विभेदकारी भएको ठहर गर्दै २०८१ साउन १ बाट लागू हुने गरी समान तलबमान कायम गर्न परमादेश जारी गरेको थियो । तर, नार्क व्यवस्थापनले अझैसम्म अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेकाले भदौ ५ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरूले बताएका छन् ।
कर्मचारीहरूले विरोधका कार्यक्रमबाट अनुसन्धान तथा दैनिक प्रशासनिक कार्यमा पर्न जाने क्षति तथा असुविधाको सम्पूर्ण जिम्मेवार नार्क व्यवस्थापन नै हुने चेतावनी दिएका छन् । उनीहरुले नार्कका निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण