३० वर्षपछि एकसाथ देखिँदै राजेश र सरोज

काठमाडौँ । अभिनेता राजेश हमाल र सरोज खनाल ३० वर्षपछि फेरि एकसाथ देखिने भएका छन् । निर्माण तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’ मा दुवै एकसाथ देखिन लागेका हुन् ।
तीन दशक अगाडि यी दुवै अभिनेताले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा सहकार्य गरेका थिए । दुवैको सहकार्य रहेको पछिल्लो फिल्म ‘चाहना’ २०५१ मा प्रदर्शनमा आएको थियो ।
हमाल करिब ८ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन गर्दैछन् । हमाल पछिल्लोपटक ‘सकुन्तला’मा देखिएका थिए । सरोज भने पछिल्लो समय अभिनय र निर्देशनमा सक्रिय छन् ।
‘नरसिंहा अवतार’ दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्ममा राजेश र सरोजको अलवा नीति शाह, सनिशा भट्टराई, स्वस्तिामा खड्का लगायतको अभिनय छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको बजेट तीन करोड बताइएको छ । यही भदौ अन्तिम साताबाट फिल्मको छायांकन सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु