३० वर्षपछि एकसाथ देखिँदै राजेश र सरोज
काठमाडौँ । अभिनेता राजेश हमाल र सरोज खनाल ३० वर्षपछि फेरि एकसाथ देखिने भएका छन् । निर्माण तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’ मा दुवै एकसाथ देखिन लागेका हुन् ।
तीन दशक अगाडि यी दुवै अभिनेताले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा सहकार्य गरेका थिए । दुवैको सहकार्य रहेको पछिल्लो फिल्म ‘चाहना’ २०५१ मा प्रदर्शनमा आएको थियो ।
हमाल करिब ८ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन गर्दैछन् । हमाल पछिल्लोपटक ‘सकुन्तला’मा देखिएका थिए । सरोज भने पछिल्लो समय अभिनय र निर्देशनमा सक्रिय छन् ।
‘नरसिंहा अवतार’ दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्ममा राजेश र सरोजको अलवा नीति शाह, सनिशा भट्टराई, स्वस्तिामा खड्का लगायतको अभिनय छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको बजेट तीन करोड बताइएको छ । यही भदौ अन्तिम साताबाट फिल्मको छायांकन सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण