चन्द्रागिरिमा शङ्कास्पद वस्तु फेला
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ। आज बिहान चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आँगनमा शङ्कास्पद वस्तु फेला परेको हो ।
बिहान बलम्वु नजिकै प्रेसर कुकर बम भेटिए खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको छ । प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बिहान ८ बजे शङ्कास्पद वस्तु फेला परेको जानकारी पाएकाे बताए । उनले भने-'झोलामा प्रेसर कुकर जस्तो देखिने बस्तु रहेछ हामीले सवै नागरिकहरूलाई सुरक्षित स्थानमा जान भनेका छौँ।'
नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको छ । शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक आचार्य बताए । शङ्कास्पद वस्तु फेला परेको स्थान नजिकै चन्द्रागिरि १२ को वडा कार्यालय नजिकै रहेको छ । तस्बिर -राेशन दानी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण