आन्दोलनरत कृषि वैज्ञानिकको समस्या समाधान गर्न सासले गरायाे ध्यानाकर्षण
काठमाडौँ । सोसाइटी अफ एग्रकल्चरल साइन्टिसट्स नेपाल (सास)ले आन्दोलनरत कृषि वैज्ञानिकको समस्यालाई समाधान गर्न ध्यानाकर्षण गराएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भदौ ५ गतेदेखि आन्दोलनरत कृषि वैज्ञानिकको समस्यालाई समाधान गर्न नार्कका कार्यकारी निर्देशकलाई ध्यानाकर्षण गराएको हो ।
नार्कका कायम मुकायम कार्यकारी निर्देशक डा. दोजराज खनाल लगायतको व्यवस्थापनलाई ध्यानाकर्षण सासले गराएको छ । सासका अध्यक्ष डा. भानुभक्त पोखरेले वैज्ञानिकहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको सो ध्यानाकर्षणपत्र मार्फत उल्लेख गरेका छन् ।
सास नेपालको अगुवाइमा गत साउन महिनामा वैज्ञानिकहरू माझ पहिलो चरणको छलफल पश्चात् तत्कालीन कामु कार्यकारी निर्देशकलाई ध्यानाकर्षण गर्दा गर्दै पनि समस्या समाधानको लागि समयमै ठोस कदम नचालिएकोले फरक घटना क्रम विकसित भई वैज्ञानिकहरू आन्दोलित हुनु परेको स्थितिमा पुनः गम्भीर छलफल आवश्यक रहेको सो ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
खुमलटारमा व्यवस्थापन र वैज्ञानिक माझ अन्तरक्रिया चलाउँदा पनि तलबी त्रुटिबारे बोर्ड बैठक बसाली निर्णयार्थ प्रस्तुत गर्न ढिलाइ भएको उल्लेख छ ।
वैज्ञानिक तथा प्राविधिक प्रशासनिक समूहका समकक्षी कर्मचारीबिच तलबमान लगायतका सेवा सुविधा विगतमा समान रहे पनि २०५७ साल श्रावण १ गते देखि अन्यायपूर्ण तरिकाले तलबमानमा त्रुटि भएको परिषद्का कर्मचारीले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण