बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुपरहिरो आइरनम्यानको ३ करोडको सूट चोरी

बिहीबार, २७ वैशाख २०७५, ११ : ३४
बिहीबार, २७ वैशाख २०७५

हलिउड फिल्ममा आइरन म्यानको भूमिका निभाउने रोबर्ट डोनी जुनियरको आइरन म्यान सूट चोरी भएको छ ।

आइरन म्यानको सुनौलो र रातो रङको सूट हराएको बताइएको छ । लस एन्जेलिस पुलिसले यसको पुष्टि गरेका हुन् । पुलिसका अनुसार रोबर्ट जोनी जुनियरद्वारा लगाइएको सुनौलो र मरुन रङको सूट चोरी भएको हो । उक्त सूटलाई नायकले सन् २००८ को ओरिजिनल सुपरहिरोमा लगाएका थिए ।

मंगलबार स्टोरेज फेसिलिटीमा यसलाई गायब पाइयो । पुलिसले यसलाई आइकोनिक आइरन म्यान सूटको खोजी गर्न जुटेको छ । पुलिसले गुप्तचरलाई पनि मद्दत गरिरहेको छ ।

चोरी भएको आइरन म्यानको सूटको मूल्य ३ लाख २५ हजार अमेरिकी डलर (३ करोड ५० लाख रुपैयाँ) हो । जहाँ यो सूट राखिएको थियो त्यहाँ काम गर्ने कर्मचारीका अनुसार सूट फेब्रुअरीदेखि २५ अप्रिलबीच गायब भएको हो ।

चोरी भएको सूट रोबर्ट डोनी जूनियरद्वारा लगाइएको पहिलो आइरन म्यान कस्ट्युम थियो । यसलाई उनले १० वर्ष अघि लगाएका थिए । रोबर्ट जुनियर केही दिन अघि रिलिज भएको एभेन्जर्स इन्फिनिटी वारमा देखिएका थिए । उक्त फिल्मले संसारभरी सफलताको नयाँ रेकर्ड बनाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप