बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोनम कपुरको पार्टीमा आमनेसामने भएका यी पूर्व जोडी

बिहीबार, २७ वैशाख २०७५, ११ : ५३
बिहीबार, २७ वैशाख २०७५

सोनम कपुरको वेडिङ रिसेप्शनमा बलिउडका लगभग सबैजसो सेलिब्रिटीको उपस्थिती रह्यो । यस्तोमा केही स्टार्सले आफ्ना पूर्व पार्टनरको सामना पनि गर्नुपर्यो । मिडियादेखि त्यहाँ उपस्थित अन्य पाहुनासम्मको ध्यान ती सेलिब्रिटीमा केन्द्रीत रह्यो जो कुनै बेला प्रेमजोडीका रुपमा परिचित थिए । सलमान खान र ऐश्वर्या राय बच्चन पनि पार्टीमा पुगे । यतिमात्र होइन, सलमानको सामना कट्रिनासँग पनि भयो । सलमानले कट्रिनालाई देख्नेबित्तिकै अंगालो हालेका थिए ।

अभिषेक बच्चन र करिश्मा कपुरको सम्बन्ध इन्गेजमेन्टसम्म पुगेको थियो । तर कुनै कारणवश उक्त सम्बन्ध टुट्यो । मंगलबार दुबै सोनमको पार्टीमा उपस्थित थिए ।

अभिषेक बच्चन र रानी मुखर्जीको अफेयरको खबर पनि कुनै बेला चर्चाको विषय थियो ।

शिल्पा शेट्टी र अक्षय कुमारलाई पनि कुनै बेला लभबर्डस्को रुपमा हेरिन्थ्यो तर अब यी दुबै आफ्नो वैवाहिक जीवनमा व्यस्त छन् ।

सलमान खानकी बहिनी अर्पिता र अर्जुन कपुर पनि पार्टीमा देखिए । दुबै कुनैबेला प्रेम सम्बन्धमा थिए ।

रणबीर र कट्रिना पनि आमनेसामने भए ।

करिनाले कुनै बेला सोनम कपुरलाई आफ्नी बुहारीको रुपमा हेर्न चाहेको बताएकी थिइन् । तर यस्तो भएन ।

शाहिद र करिनाको अफेयर पनि जब वी मेटपछि निकै चर्चामा थियो ।

किस्मत कनेक्शन जोडी शाहिद कपूर र विद्या बालन पनि पार्टीमा देखिए ।

स्टुडेन्ट अफ द इयरपछि यो जोडी पनि लभबर्डको रुपमा परिचित भयो तर अब दुबैको बाटो अलग्गिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप