भक्तपुरमा गाईजात्रा सम्पन्न

भक्तपुर । यही भदौ ४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजबाट सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेसँगै सम्पन्न भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ ।
गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्ले कार्ड प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो । यसैगरी आजै भैरव मन्दिरमा नेवारी परम्परागत पहिरन हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर नारायणलाई बत्ती दिएका छन् ।
श्रीकृष्ण जन्माष्टमी रहेकाले नारायणको पूजा गरी बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाहरूले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो ।
आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत् रूपमा गाईजात्रा सम्पन्न भएको मानिने मूल नाइके जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन