कृषि वैज्ञानिक पौडेललाई कारबाही हुने
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कृषि वैज्ञानिक कपिल पौडेल कारबाहीमा पर्ने भएका छन् । निर्देशक आवास गृहमा ताला फोडेर पौडेल प्रवेश गरेको विषयमा नार्कका निर्देशकहरूको हालै बसेको बैठकले उनलाई कारबाही गर्ने निर्णय गरेको नार्कका प्रवक्ता डा लुमानिधि पाण्डेले बताए । कारबाही के कस्तो हुन्छ भन्ने विषयमा पाण्डेले खुलाएनन् ।
यस विषयमा नार्क निर्देशकहरूलाई प्रशासनले एक पत्र लेख्दै उनी आवास गृहमा प्रवेश गरेको जानकारी गराएको थियो । गएको साउन १८ गते ललितपुरको नार्क परिसरमा रहेको निर्देशक आवास गृहमा पौडेल ताला फोडी भित्र बसोबास गरेका थिए ।
प्रशासनले लेखेको पत्रमा भनिएको छ, ‘नेपाल कृषि अनुसन्धान परिषद् केन्द्रीय कार्यालयको खुमलटारस्थित कार्यकारी निर्देशक आवास गृहमा मिति २०८१।०४।१८ गतेका दिन राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस. २ पद÷तहका श्री कपिल पौडेलले आवास गृहमा लगाएको ताला फोडी बसेको भन्ने सुन्नमा आएकोले आज मिति २०८१।०४।२३ गते उक्त आवास गृहमा गई अवलोकन गर्दा यस परिषद्बाट लगाइएको ताला फोडी निजले सामानहरू राखेको र बसोबास गरेको देखिन आएको ब्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।’
सो आवास गृहमा भएका सामानहरू आवास गृहमा नै रहेको र सो सामानहरूको सम्बन्धमा आफूलाई कुनै जनाकारी नरहेकोसमेत पत्रमा उल्लेख छ ।
पौडेलले निर्देशकको आवास गृहमा ताला फोडी बसोबास गरेको चर्चापछि प्रशासनले छानबिनको मागसहित सो पत्र लेखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण