युट्युबर बनेर युवतीहरूको यौन शोषण गर्ने पुरुषलाई अस्ट्रेलियामा १७ वर्षको जेल सजाय
अस्ट्रेलिया । चर्चित युट्युबर बनेर युवतीहरूलाई क्यामरा अगाडि यौन गतिविधि गर्न लगाउने एक पुरुषलाई अस्ट्रेलियामा १७ वर्षको जेल सजाय दिइएको छ । अमेरिका, बेलायत, जापान र फ्रान्ससमेत २० देशका २८६ जनासँग सम्बन्धित ११९ वटा अभियोगमा २९ वर्षका मुहम्मद जेन उल अबिदिन रसिद दोषी पाइएका छन् ।
रसिदका दुई तिहाइ पीडितहरू १६ वर्षभन्दा कम उमेरका थिए । रसिदले गोप्य म्यासेज र तस्बिरहरू आफन्तलाई पठाइदिन्छु भनेर महिलाहरूलाई धम्क्याएर अनलाइनमा यौन क्रियाकलापहरू गर्न बाध्य पारेका थिए ।
यसलाई अस्ट्रेलियाका अधिकारीहरूले यौन शोषणको अहिलेसम्मकै खराब मामिला भनेका छन् । यस्तो खालको अनलाइन शोषण र दुर्व्यवहार विध्वंसकारी हुने र यसले जीवनभर पीडा दिइरहने अस्ट्रेलियन फेडरल पुलिस असिस्टेन्ट कमिश्नर डेभिड म्याक्लिनले भनेका छन् । ती पुरुषले विश्वभरका महिलालाई आफ्नो जालमा पारेको भन्दै उनले यसलाई अस्ट्रेलियामा अहिलेसम्म देखिएको सबैभन्दा डरलाग्दो यौन उत्पीडनको मामिला भनेका छन् । रसिदले गरेको अपराधको तुलना गर्न मिल्ने अस्ट्रेलियामा कुनै अपराध नभएको बताइएको छ ।
रसिदले १५ वर्षीय अमेरिकी इन्टरनेट स्टार बनेर किशोरीहरूसँग कुराकानी सुरु गर्थे । कुराकानी यौन कल्पनासम्म पुर्याएपछि आफ्ना सिकारीलाई उनी अनलाइनमा यौन गतिविधि गर्न लगाउँथे । आफूले भनेको जस्तो गर्न मानेनन् भने आफूसँग भएको कुराकानीको स्क्रिनशट र नग्न फोटोहरू आफन्तलाई पठाइदिने धम्की दिन्थे । इन्टरपोल र अमेरिकी अनुसन्धानकर्ताहरूको अनुरोधमा उनलाई अस्ट्रेलियाली अधिकारीहरूले समातेका हुन् ।
सन् २०२० मा उनको घरमा छापा मारेपछि उनीमाथि अभियोग चलाइएको थियो । पर्थको एउटा पार्कमा १४ वर्षीय युवतिमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा हाल रसिदले पाँच वर्षको जेल सजाय काटिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण