आर्सनलबाट गोलरक्षक राम्सडेललाई भित्राउँदै साउथआम्पटन
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब साउथआम्पटन इङ्गल्यान्डका प्रभावशाली गोलरक्षक आरोन राम्सडेललाई भित्राउन तयार भएको छ । २६ वर्षीय राम्सडेल हाल अर्को प्रिमियर लिग क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेल्छन् ।
गोलरक्षक राम्सडेललाई भित्राउने विषयमा साउथआम्पटन र आर्सनलबिच सहमति पनि भइसकेको समाचारमा जनाइएको छ । राम्सडेलका लागि साउथआम्पटनले दुई करोड ५० लाख पाउण्ड खर्चने भएको छ ।
खेलाडीहरूको स्थानान्तरण समयसीमा शुक्रबारसम्म छ । त्यसअघि नै गोलरक्षक राम्सडेलको विषयमा दुई क्लबबिच सम्झौता भइसक्ने बताइएको छ । साउथआम्पटनले आर्सनललाई तत्काल एक करोड ८० लाख पाउन्ड बुझाउने छ ।
बाँकी ७० लाख पाउन्ड भने पछि बुझाउने सर्त राखिएको छ । गोलरक्षक राम्सडेल सन् २०२१ देखि पर्सनलमा आबद्ध छन् । उनी सेफिल्ड युनाइटेडबाट दुई करोड २४ लाख पाउन्डमा पर्सनलमा आबद्ध भएका थिए । उनले इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण