काठमाडौँमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, संसद् भवन खाली गर्न माग
काठमाडौँ । ‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ । संस्थामा आबद्ध युवाहरूले माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेका हुन् ।

डा. कमल भुसाल (निकोलस)को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत् बक्यौता रकम असुल गर भन्दै युवा विद्रोह बृहत् आन्दोलन गरेको हो ।
आन्दोलनका क्रममा डा. भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरूको संरक्षण गर्न बन्द गर, गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत सम्पूर्ण फाइलको छानबिन गर लगायत लेखिएका प्लेकार्ड लिएर आन्दोलन गरेका हुन् ।

डा.भुसालले भ्रष्टाचार गरे देश बंगलादेशजस्तै हुने बताए । उनले भने, ‘हाम्रो कुरा संसद्मा पनि उठेको छ । धेरै जना तर्सिएको अवस्था छ । त्यहीँ भएर भ्रष्टाचारीहरूको संरक्षण बन्द चाँडै हुने आशा छ ।’
साथै भुसालले आइतबार देखि आफ्नो आन्दोलन झन् चर्किने बताए । उनले पूर्व पश्चिम नेपाल यात्रामा निस्केर भ्रष्टाचार र युवाहरू देशमै बस्ने वातावरण सिर्जना गर्नका लागि आफ्नो समूह पछि नहट्ने बताए ।
भुसाल समूहले संसद् भवन खाली गर, भ्रष्टाचारी सरकार मुर्दाबाद जस्ता नाराबाजी समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण