काठमाडौँमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, संसद् भवन खाली गर्न माग
-(1)_RtZzqekH77.jpg)
काठमाडौँ । ‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ । संस्थामा आबद्ध युवाहरूले माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेका हुन् ।
डा. कमल भुसाल (निकोलस)को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत् बक्यौता रकम असुल गर भन्दै युवा विद्रोह बृहत् आन्दोलन गरेको हो ।
आन्दोलनका क्रममा डा. भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरूको संरक्षण गर्न बन्द गर, गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत सम्पूर्ण फाइलको छानबिन गर लगायत लेखिएका प्लेकार्ड लिएर आन्दोलन गरेका हुन् ।
डा.भुसालले भ्रष्टाचार गरे देश बंगलादेशजस्तै हुने बताए । उनले भने, ‘हाम्रो कुरा संसद्मा पनि उठेको छ । धेरै जना तर्सिएको अवस्था छ । त्यहीँ भएर भ्रष्टाचारीहरूको संरक्षण बन्द चाँडै हुने आशा छ ।’
साथै भुसालले आइतबार देखि आफ्नो आन्दोलन झन् चर्किने बताए । उनले पूर्व पश्चिम नेपाल यात्रामा निस्केर भ्रष्टाचार र युवाहरू देशमै बस्ने वातावरण सिर्जना गर्नका लागि आफ्नो समूह पछि नहट्ने बताए ।
भुसाल समूहले संसद् भवन खाली गर, भ्रष्टाचारी सरकार मुर्दाबाद जस्ता नाराबाजी समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर