सामसङको ग्यालेक्सी ए०६ नेपाली बजारमा
काठमाडौँ । सामसङको एन्ट्री–लेभल लाइनअपमा पछिल्लो एडिसनको रूपमा ग्यालेक्सी ए०६ नेपाली बजारमा भित्रिएको छ ।
ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ । डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर छ, जसले स्पष्ट र डिटेल भएको फोटोहरू खिच्ने सुनिश्चित छ र उत्कृष्ट सेल्फीहरूको लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ । यस फोनमा ६.७ इन्च को एचडी प्लस पीएलएस एलसीडी स्क्रिन छ र यसले माइक्रो एसडी मार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ ।
ग्यालेक्सी ए०६ मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र शेयरिङको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । ५ हजार एमएएच ब्याट्री र २५ वाट तीव्र चार्जिङ समर्थनको साथ, यसले लामो पावर प्रदान गर्दछ, जुन दिनभर मजाले चल्छ ।
कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध, ग्यालेक्सी ए०६ को ४/६४ जीबी भेरियन्टको रु. १५, ४९९, ४/१२८ जीबी भेरियन्टको रु. १७,४९९ र ६/१२८ जीबी भेरियन्टको रु. १९,४९९ मूल्य निर्धारण गरिएको छ । तपाईंलाई सधैँ पावर अप राख्ने सुनिश्चित गर्नको लागि प्रत्येक ग्यालेक्सी ए०६ को खरिदका साथ एक असली २५ वाट सामसङ एड्याप्टर निःशुल्क आउँदछ ।
उपभोक्ताहरूले इन्स्टा फाइनान्स सेवाका साथमा नयाँ ग्यालेक्सी ए०६ सजिलैसँग प्राप्त गर्न सक्नेछन् । इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुनेछन् ।
यो सेवामा ०% ब्याज दरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ । यो भदौ २३ गते देखि नेपालभरका स्टोरहरूमा उपलब्ध हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण