भरुवा बन्दुक बनाउने सामानसहित एक जना पक्राउ
बाँके । डुडुवा गाउँपालिका-६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरुवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरुवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरुवा बन्दुकको चित्र भएको काठ २ थान, भरुवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारुद र जंगली जनावरको खोपडी सहितको सिङ १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी, राप्ति सोनारी गाउँपालिका-४ कुम्भरस्थित कुम्भरदेखि बासखोली जाने बाटोबाट भरुवा बन्दुक २ थान, सोही बन्दुकमा प्रयोग हुने बारुद र छर्रा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बैजापुर बाँके समेतबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण