ब्रेन्डन म्याककुलम इङ्ल्यान्डको एकदिवसीय र टी–२० टोलीको पनि प्रमुख प्रशिक्षक
काठमाडौँ । न्युजिल्यान्डका पूर्वखेलाडी ब्रेन्डन म्याककुलम इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले म्याककुलमलाई पुरुष एकदिवसीय र टी–२० राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बनाएको हो ।
अर्को वर्ष पाकिस्तानमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीलाई ध्यानमा राखी म्याककुलमलाई प्रशिक्षक बनाइएको समाचारमा जनाइएको छ । ४३औँ वर्ष प्रवेशको संघारमा रहेका म्याककुलम आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् ।
यसअघि सन् २०२२ मा म्याककुलमले इङ्ल्यान्डकै टेस्ट टोलीको जिम्मेवारी समालेका थिए । त्यसपछि उनले इङ्ल्यान्डको टेस्ट टोलीमा खेल्ने शैली नै परिवर्तन गरिदिएका थिए । अब म्याककुलम क्रिकेटको तीनवटै ढाँचाममा इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक हुन् ।
म्याककुलम सन् २०२७ सम्म इङ्ल्यान्डको प्रमुख प्रशिक्षकको जिम्मेवारीमा रहने छन् । एकदिवसीय र टी–२० टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा भने उनको कार्यकाल सन् २०२५ को जनवरीदेखि सुरु हुने बताइएको छ ।
म्याककुलम आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । उनले न्युजिल्यान्डका लागि एक सय एक टेस्ट खेल्दै कुल ६ हजार चार सय ५३ रन बनाएका छन् । उनले राष्ट्रिय टोलीका लागि दुई सय ६० एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल ६ हजार ८३ रन जोडेका छन् । यसका अतिरिक्त म्याककुलमले ७१ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल दुई हजार एक सय ४० रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण