गुडिरहेको सेनाको ट्रकमा आगलागी
बिहीबार, २० भदौ २०८१, १६ : ५९
हेटौँडा । मकवानपुरमा गुडिरहेको अवस्थामा नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा गुडिरहेको अवस्थामा सेनाको ट्रकमा आगलागी भएको हो ।
सिमभञ्याङ तर्फ आउने क्रममा बा.१ ग ३४३६ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
थाहा नगरपालिका– ६ मा रहेको श्रीयुद्ध भैरव गण तालिम शिविर चनवन ब्यारेक मकवानपुरका आर्मी सवार ट्रकमा आगलागी भएको उनले बताए । ट्रकमा सवार सेनाहरू तालिमका लागि रेकी गर्न सिमभञ्ज्याङतर्फ आउँदै गरेका थिए । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको प्रहरी प्रवक्ता भण्डारीले बताए । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
ट्रकमा के कारणले आगलागी भएको हो भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण