लुम्बिनी प्रदेशका सांसद केसी निलम्बित हुँदै
बुटवल । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी)निलम्बित हुने भएका छन् । रुकुम जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका सांसद केसी निलम्बित हुने भएका हुन् ।
जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयले औपचारिक पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनी निलम्बित हुने लुम्बिनी प्रदेशका सभामुख तुलाराम मगरले रातोपाटीलाई बताए ।
उनले भने, ‘उहाँ पक्राउ गरेको औपचारिक पत्र सचिवालयमा आएपछि निलम्बनको प्रक्रियामा जान्छ ।’ भदौ २६ गते लुम्बिनी प्रदेशसभा बैठक बस्नुअघि नै उनी निलम्बन हुनसक्ने उनले बताए । केसी रुकुम पूर्व क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।
अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेपछि अहिले उनलाई कारागार चलान गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले रातोपाटीलाई बताए ।
केसीलाई ३३ वर्ष पहिले (साबिक रुकुम जिल्ला अदालत) किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेलले बताए । त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।
श्रीमतीसँगको अंश मुद्दामा केसीलाई अदालतले दोषी ठहर गरेको थियो। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले भने उनले आत्मसमर्पण गरेको कुरा समाचार हेरेर मात्र थाहा पाएको बताए ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट २७ जना सांसद रहेका छन् । केसी निलम्बन भएपछि कांग्रेसका २६ सांसद हुनेछन् ।
लुम्बिनी प्रदेशमा कांग्रेसबाट वन मन्त्री बनेका बादशाह कुर्मी र सांसद केसीको विषयलाई लिएर केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण