सुनिल पोखरेलले भने– हलिउडको ‘वाक अफ फेम’ बिषय बेकारको हल्ला हो
काठमाडौँ । नाट्यकर्मी सुनिल पोखरेलले आफूले हलिउडको प्रसिद्ध सम्मान ‘वाक अफ फेम’ पाएको भनेर बेकारमा हल्ला भएको बताएका छन् । उनले यस्तो हावा कुरामा नलाग्न सबैमा अनुरोध गरेका छन् ।
आइतबार नाट्यकर्मी सुनिल पोखरेलले हलिउडको प्रसिद्ध सम्मान ‘वाक अफ फेम’ पाएको बिषयमा समाचार समेत बनाएका थिए । उक्त समाचार बेकारको हल्ला भएको उनले बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथी हो, यो बेकारको हल्लाबाट मलाई मुक्त गरिदिनुहोस् । म यसमा संलग्न छैन । यस्ता हावा कुरामा मलाई विश्वास पनि छैन ।’
नाटक निर्देशक समेत रहेका सुनिलले ‘वाक अफ फेम’ सम्मान पाएको भन्दै उनकै श्रीमतीसमेत रहेकी नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा वरिष्ठ नाट्यकर्मी निशा शर्माले सामाजिक सञ्जालमा लेखेपछि यसबारे समाचार बाहिर आएको थियो ।
समाचार बाहिर आएपछि अमेरिकामा रहेका विभिन्न कलाकर्मीले त्यो सत्यता नरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण