तेस्रो टेस्टमा श्रीलंकाले इङ्ल्यान्डलाई हरायो, पाथुम निसानकाको उत्कृष्ट शतक
काठमाडौँ । तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा श्रीलंकाले इङ्ल्यान्डलाई हराएको छ । तेस्रो टेस्टको चौथो दिन सोमबार श्रीलंकाले घरेलु टोली इङ्ल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।
तीन टेस्टको शृंखला भने इङ्ल्यान्डले २–१ ले जितेको छ । यसअघि पहिलो टेस्टमा इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हराएको थियो । दोस्रो टेस्टमा पनि इङ्ल्यान्ड एक सय ९० रनले विजयी भएको थियो ।
तेस्रो टेस्टको चौथो दिन दुई सय १९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको श्रीलंकाले केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाको जितमा ओपनर ब्याट्सम्यान पाथुम निसानकाले अविजित एक सय २७ रनको योगदान गरे ।
पाथुम निसानकाले एक सय २४ बलको सामना गरी दुई छक्का र १३ चौका पनि हिर्काए । एन्जेलो म्याथ्यूज ३२ रनमा अविजित रहे । कुशल मेन्डिसले ३९ रन बनाएका थिए । अर्का ओपनर दिमुथ करुणारत्ने आठ रन बनाउँदै आउट भएका थिए ।
त्यसअघि इङ्ल्यान्डको टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ५६ रनमा अलआउट भएको थियो । श्रीलंकाले पहिलो पालीमा दुई सय ६३ रन बनाएको थियो । पहिलो पालीमा पाथुम निसानकाले ६४, कप्तान धनन्जय डा सिल्भाले ६९ र कामिन्दु मेन्डिसले ६४ रन बनाएका थिए ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले भने आफ्नो पहिलो पालीमा तीन सय २५ रन बनाएको थियो । पहिलो पालीमा इङ्ल्यान्डका लागि कप्तान ओली पोपेले एक सय ५४ रनको योगदान गरेका थिए । ओपनर बेन डकेटले पनि ८६ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण