बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिमेश रेशमियाले गरे दोस्रो विवाह

शनिबार, २९ वैशाख २०७५, १३ : २८
शनिबार, २९ वैशाख २०७५

मुम्बई । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाले टिभी अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका छन् ।

शुक्रबार राती आफ्नो लोखन्डवालस्थित अपार्टमेन्टको छतमा सानो समारोहबीच उनले विवाह गरेका हुन् ।

विवाह गुजराजी रीति–रिवाज अनुसार भएको थियो । विवाहमा दुवैका परिवारका सदस्य उपस्थित थिए ।

हिमेश र सोनिया एकअर्कासँग पछिल्लो १० वर्षदेखि डेट गरिरहेका थिए ।

भनिन्छ, सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्ध विच्छेद भएको थियो ।

तर, कोमलले यो कुरा अस्वीकार गरेकी छिन् । उनले सोनियालाई आफ्नो परिवारको सदस्य जस्तो मान्ने बताएकी थिइन् ।

कोमल र हिमेशको विवाह सन् १९९६ भएको थियो । उनीहरुको सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो । 

हिमेश र कोमलको एक छोरा छन्, स्वयं ।

सोनिया कपुर एक टिभी अभिनेत्री हुन् जसले किटी पार्टी, आ गले लगजा, पियाका घर, कभी कभी, कुशुम जस्ता शोमा काम गरेकी छिन् ।

सन् २००६ मा पहिलो पटक हिमेश र सोनियाको प्रेमबारे चर्चा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप