बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रकाश राजले किन भने अमिताभलाई कायर ?

शनिबार, २९ वैशाख २०७५, १३ : ४०
शनिबार, २९ वैशाख २०७५

मुम्बई । आफ्नो विवदास्पद बयानका लागि चर्चामा आइरहने अभिनेता प्रकाश राज फेरि एक पटक चर्चामा छन् ।

यसपटक उनको निशानामा परेका छन्, अमिताभ बच्चन ।

एक अन्तर्वार्तामा उनले अमिताभलाई कायरको संज्ञा दिएका छन् । 

प्रकाशले भनेका छन्, ‘जम्मू–कश्मीरुको कठुआमा ८ वर्षको बालिकामाथि भएको सामूहिक बलात्कार र हत्याको मामिलामा अमिताभले केही पनि बोलेनन् । उनी कायर हुन् ।’

‘मलाई लागेको थियो उनले यो घटनाको निन्दा गर्नेछन्,’ उनले भने, ‘उनी उत्कृष्ट आवाजको धनी हुन् तर यस मामिलामा उनले केही पनि बोल्न मानेनन् । म यसलाई कायरता सम्झन्छु ।

समाजप्रति हाम्रो जिम्मेवारी हुने बताउँदै उनले आफूहरु जस्तो मान्छे कायर भयो भने पूरै समाज कायर बन्ने जिकिर पनि गरे ।

‘म कठुआ बलात्कार मुद्दामा यसकारण बोलिरहेको छैन कि यो धर्म विशेषसँग जोडिएको छ । म यसकारण बोल्दै छु कि त्यहाँ एउटा समादुयको मानिसलाई भगाउने धम्की दिइएको थियो । आरोपी तपाईंको पार्टीको मान्छे हो भन्दैमा तपाईं त्यसको समर्थनमा जानुहुन्छ भन्ने त्यो सरासर गलत हो,’ प्रकाशले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप