लिखत सम्बन्धी कसुरमा वडा अध्यक्ष पक्राउ
विराटनगर । सरकारी कागजात किर्ते गरेको अभियोगमा सुनसरी देवानगञ्ज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनले किर्ते गरेको कसुरमा सुनसरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै यादवलाई बुधबार सुनसरी पहरीले पक्राउ गरेको हो ।
सोही ठाउँका सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल जेठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविसको कार्यालयमा गएर झुट्टो विवरण पेस गरेका थिए । त्यसबेला उक्त कार्यालयका कर्मचारीले मृत्यु दर्ता प्रमाण पत्र बनाएर जिल्ला अदालत सुनसरीमा निवेदन साथ लगत कट्टाको लागि मृत्यु दर्ता प्रमाण पत्रसमेत पेस गरेका थिए ।
देवानगञ्ज ७ नं. वडा कार्यालय, सुनसरीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसूरमा सर्जमिन हुँदा वडाध्यक्ष सूर्यनारायण यादव समेतका व्यक्तिहरूले सितारामको छोरा राम यादवको मृत्यु भई सकेको सर्जमिन गरेका थिए ।
उनको (राम यादव)को मृत्यु भएको भनेर उनीहरुले अदालतबाट तोकिएको १० दश वर्षको कैदको लगत कट्टा गराउने चेष्टा गरेको प्रहरीको दाबी छ । राम भन्ने रमानन्द यादव भने जवरजस्ती करणी र डाँका मुद्दामा पक्राउ परेर कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनलाई जिल्ला अदालतले २०७९ असार २९ गते १० वर्ष कैद हुने ठहर गरेको थियो । उनका विरुद्धमा अदालतमा मुद्दा भने २०६५ सालमै दर्ता भएको थियो ।
तर, सितारामले गरेको लिखत सम्बन्धी कसूरमा कारबाही गरी पाउँ भनी भोलानन्द यादवको जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा अनुसन्धान गर्ने क्रममा राम भन्ने रामानन्द मेहताको सनाखत गराउँदा सिताराम यादवकै छोरा भएको प्रमाणित भएको थियो ।
सितारामका तीन जना छोराहरु छन् । जेठो छोरा राम यादव, माईलो महानन्द यादव र कान्छो बेदानन्द यादव हुन् । राम यादवको वास्तविक नामथर रामानन्द यादव नै रहेको प्रमाणित भएपछि सरकारी काजगात किर्ते गरेको थाहा भएको थियो । वडाध्यक्ष यादव जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण