बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कान्समा सेल्फी ब्यान्ड, साउदीको इन्ट्रीः ७१ वर्ष पुरानो फिल्म फेस्टिबलमा पहिलो पटक भए यी सात कुरा

आइतबार, ३० वैशाख २०७५, ११ : ११
आइतबार, ३० वैशाख २०७५

सन् १९४६ बाट सुरु भएको चर्चित कान्स फिल्म फेस्टिवलले ७१ वर्षको यात्रा तय गरेको छ । ७१ औं फेस्टिबलमा जहाँ साउदी अरब पहिलो पटक समावेश भइरहेको छ भने कार्यक्रममा आउने सबै सेलिब्रिटीलाई फ्यानसँग सेल्फी खिच्न प्रतिबन्ध लगाइएको छ ।   

१. पहिलो पटक रेड कार्पेट सेल्फीमाथि प्रतिबन्धः

सेल्फीले कार्यक्रम आयोजनामा ढिला हुने भन्दै यस वर्ष कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा सेल्फीमाथि प्रतिबन्ध लगाइएको छ ।

फेस्टिबलसँग सम्बन्धित एक उच्च अधिकारी थिअरी फ्रेमक्सले नियम तोड्ने जोसुकैलाई फिल्म स्क्रिनिङका लागि अनुमती नदिने बताएका छन् । उनले भने, ‘हामीले फेस्टिबलको गरिमा कायम राख्नुपर्छ ।’

अधिकारीले कडा कानून लागु गरेको यो पहिलो घटना भने होइन । सन् २०१५ मा पनि ‘नो फ्ल्याट शूज’ नियम लागु गरिएको थियो । जसका कारण हिल नलगाउने स्टार्सलाई गाला प्रिमियरमा समावेश हुन दिइएको थिएन ।

२. साउदी अरबको पहिलो इन्ट्रीः

कान्स फेस्टिबलमा पहिलो पटक साउदी अरब ९ सर्ट फिल्मका साथ संलग्न भएको छ । यो क्रममा विशेष रुपमा बनाइएको पेभिलियनमा साउदी अरबको संस्कृतिसँग जोडिएका गतिविधी पनि चलिरहेको छ ।

साउदी अरब शासनले अप्रिलमा पछिल्लो ३५ वर्षदेखिको सिनेमाघरमा लागेको प्रतिबन्ध हटाएको छ ।

३. नेट फ्लिक्समाथि लाग्यो प्रतिबन्धः

पहिलोपटक अमेरिकी इन्टरटेन्मेन्ट कम्पनी मेटफ्लिक्सलाई स्क्रिनिङ विवादका कारण कान्स फेस्टिबलजस्ता जोडिएका कुनै पनि कार्यक्रममा प्रतिबन्ध लागेको छ ।

कान्सका आर्टिस्टिक डिरेक्टर थिअरी फ्रेमक्स र स्ट्रिमिंग सर्भिसबीचको तनावपछि नेटफ्लिक्सले फेस्टिबलबाट हट्ने निर्णय गर्यो ।

४. यौन उत्पीडन रोक्नका लागि हेल्पलाइनः

हलिउडका निर्माता हार्वे विन्टिनमाथि सन् २०१७ मा फेस्टिबलको क्रममा चार महिलालाई यौन उत्पीडनको आरोप लागेको थियो । यसैका कारण हेल्पलाइन सुरु गर्ने निर्णय लिइएको थियो । यद्यपी, यो सेवा फिल्म इन्डष्ट्रिको हरेक महिलाका लागि हो ।

फ्रान्सका जेन्डर इक्वालिटी मिनिस्टर मार्लिन शियाप्पाले भनिन्, ‘हामीले कान्स फिल्म फेस्टिबलसँग साझेदारी गरेर यौन उत्पीडनसँग लड्न यो हेल्पलाइन बनाएका हौं । हार्वे विन्टिनमाथि लागेको आरोपपछि हामीले यस्तो निर्णय गरेका हौं ।’

५. पाकिस्तानबाट पहिलो पटक माहिर पुग्नेछिन्ः

आधिकारीक रुपमा पाकिस्तानको तर्फबाट माहिर खान पहिलो पटक कान्समा समावेश हुँदैछिन् । माहिरा अघि सन् २००८ मा ‘अ माइटी हार्ट’ का लागि अदनान सिद्दीकी पुगेका थिए । सन् २०१३ मा अरमिना राना खान कान्समा गएको बारे निकै कमलाई थाहा छ ।

६. पहिलो पटक अभियान र पैसा संकलनः

विन्स्टीन सेक्स अब्युज स्टोरी सार्वजनिक भएपछि विश्वव्यापी रुपमा चलेको मीटू क्याम्पेन कान्समा पनि सक्रिय छ । यस्तै अर्कोतर्फ टाइम्सअपमार्फत हलिउड सिंगर आर.केलीको विरोध र सेक्सुअल असल्ट सर्भाइभरका लागि पैसा संकलन गरिँदै छ ।

७. लैंगिक समानताको पहिलो पहलः

कान्समा सर्वश्रेष्ठ फिल्म र कलाकार छान्ने समूहमा पहिलो पटक पाँच महिला सदस्य समावेश गरिएको छ । यसमा जुरी प्रेसिडेन्ट केट बेन्चलेटका साथै एवा डुवेर्ने, खड्जा निन, लिया सेडोक्स र क्रिस्टिन स्टिवर्ट छन् ।

पहिलोपटक संसारभरीका २० चर्चित महिला निर्देशकको फिल्म प्रतिस्पर्धामा समावेश गरियो । यी महिला निर्देशकमा इवा हसन, एलिस रोरवाचर, न्याडिन लबाकी, वेनेसा फिल्हो, वलेरिया, गोलिनो, वनूरी काहियू, नन्दिता दास, गाया जीजी, मर्यम बेनमबेर्क, एन्ड्रिआ बेस्कोन्ड, रेने नाडेर, एन्जा कफमेल, रोएना गेरा, जोसोफिया, एग्निजका स्मोकजिन्स्का, मारिया मोन्ज, डेब्रा ग्रेनिक, बेट्रिज, क्रिस्टिना गेलेगो र अरान्टक्साको नाम समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप