उपसभामुख राना स्वदेश फिर्ता
आइतबार, ०६ असोज २०८१, ०० : ०१
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर रुसी महासंघको पाँच दिने औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी छन् ।
रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उनी शनिबार साँझ स्वदेश फर्किएकी हुन् ।
रुसी महासङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा यही असोज २ देखि असोज ४ गतेसम्म चौथो युरेसियन महिला फोरम सञ्चालन भएको थियो ।
उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा उपसभामुख रानाले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधिको प्रयोगबाट आएका विकृति रोक्ने विषयमा आफ्ना धारणा राखेकी थिइन् । फोरममा सहभागी हुन उनी असोज १ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण