भारतले बंगलादेशलाई हराउँदा रविचन्द्रन आश्विनले बनाए यस्तो कीर्तिमान !
काठमाडौँ । घरेलु टोली भारतले पहिलो टेस्ट क्रिकेटको चौथो दिन आइतबार भ्रमणकारी टोली बंगलादेशलाई दुई सय ८० रनले हरायो । दोस्रो पालीमा बंगलादेशलाई सस्तोमा समेटने क्रममा भारतीय बलर रविचन्द्रन आश्विन एक्लैले ६ विकेट लिए ।
उनले २१ ओभरमा ८८ रन खर्चिएक थिए । त्यो खेलमा आविश्वनले एउटा गजबको कीर्तिमान पनि बनाए । ३८ वर्षीय आविश्वन टेस्ट क्रिकेटको एउटै पालीमा पाँच वा त्योभन्दा बढी विकेट लिने भारतका सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् ।
आश्विनले पहिलो पालीमा सतक पनि बनाएका थिए । त्यसैले पहिलो टेस्टमा आश्विन प्लेयर अफ दि म्यान पनि घोषित भए । आश्विनले टेस्ट क्रिकेटको एउटै खेलमा सतक बनाउँदै पाँच वा त्योभन्दा बढी विकेट लिएको यो चौथो पटक हो ।
आश्विन सबैभन्दा बढी पटक एउटै टेस्टमा सतक बनाउने र पाँच वा त्योभन्दा बढी विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् । यो सूचिमा पहिलो स्थानमा भने इङ्ल्यान्डका पूर्वअलराउन्डर इयान बोथम रहेका छन् । बोथमले यस्तो उपलब्धि पाँचपटक हासिल गरेका छन् ।
वेस्ट इन्डिजका पूर्वअलराउन्डर गेरी सोबर्स, पाकिस्तानका मुस्ताक मोहम्मद, दक्षिण अफ्रिकाका ज्याक कालिस, बंगलादेशका सकिब अल हसन र भारतका रविन्द्र जडेजाले भने यस्तो उपलब्धि दुई–दुई पटक हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण