हिजबुल्लाहले इजरायलमाथि हान्यो क्षेप्यास्त्र
तेल अभिभ । आफूले इजरायलका दुई स्थान ताकेर क्षेप्यास्त्र हानेको लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहले दाबी गरेको छ । इजरायलको हात्जोर र दादो सैन्य शिविरमा आफूहरूले क्षेप्यास्त्र हानेको उसको भनाइ छ ।
बुधबार बिहान यी प्रहार भएपछि तेल अभिभ र मध्य इजरायल भर साइरनको आवाज सुनिएको थियो । यी आक्रमण इजरायली गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा लक्षित गरेर हानिएको बताइएको छ ।
उता, इजरायली सेनाले भने दुबै क्षेप्यास्त्र आफूले खसालेको र कुनै क्षति वा हताहत नभएको बताएको छ । हिजबुल्लाहले हानेको मिसाइल तेल अभिभ क्षेत्रमा पुगेको यो पहिलो पटक थियो । आफूले बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका एक कमान्डर मारिएको बुधबार बिहानै इजरायलले भनेको थियो ।
आक्रमणमा ६ जना मारिएको र अरु १५ जना घाइते भएको लेबनानको भनाइ छ । इजरायलले सोमबार र मंगलबार गरेको हजाई आक्रमणमा लेबनानमा ५६० जनाभन्दा धेरै मारिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण