हिजबुल्लाहले इजरायलमाथि हान्यो क्षेप्यास्त्र

तेल अभिभ । आफूले इजरायलका दुई स्थान ताकेर क्षेप्यास्त्र हानेको लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहले दाबी गरेको छ । इजरायलको हात्जोर र दादो सैन्य शिविरमा आफूहरूले क्षेप्यास्त्र हानेको उसको भनाइ छ ।
बुधबार बिहान यी प्रहार भएपछि तेल अभिभ र मध्य इजरायल भर साइरनको आवाज सुनिएको थियो । यी आक्रमण इजरायली गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा लक्षित गरेर हानिएको बताइएको छ ।
उता, इजरायली सेनाले भने दुबै क्षेप्यास्त्र आफूले खसालेको र कुनै क्षति वा हताहत नभएको बताएको छ । हिजबुल्लाहले हानेको मिसाइल तेल अभिभ क्षेत्रमा पुगेको यो पहिलो पटक थियो । आफूले बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका एक कमान्डर मारिएको बुधबार बिहानै इजरायलले भनेको थियो ।
आक्रमणमा ६ जना मारिएको र अरु १५ जना घाइते भएको लेबनानको भनाइ छ । इजरायलले सोमबार र मंगलबार गरेको हजाई आक्रमणमा लेबनानमा ५६० जनाभन्दा धेरै मारिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश