काठमाडौँमा दसैँको सुरक्षामा कुकुर र ड्रोन प्रयोग गरिँदै
शुक्रबार, ११ असोज २०८१, १४ : ००
_3JL81CHpRH.jpg)
काठमाडौँ । दसैँ र तिहारको सुरक्षामा काठमाडौँमा प्रहरीले तालिमप्राप्त कुकुर ड्रोन परिचालन गर्ने भएको छ । चाडपर्व अवधिभर १५ दिनमा कम्तीमा १२० ठाउँमा तालिमप्राप्त कुकुर परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने– ‘रुटिन बनाएर तथा आवश्यकता अनुसार कुकुर प्रयोग गरेर चेकजाँच गर्छौं ।’
त्यस्तै, बसपार्क र भिडभाड हुने ठाउँमा ड्रोनको प्रयोग गरेर प्रहरीले सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ भित्रिने नाका, बसपार्क र भिडभाड क्षेत्रमा ड्रोन प्रयोग गर्ने गरी सुरक्षा योजना लागु गरिएको एसएसपी रजौरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार