काठमाडौँमा दसैँको सुरक्षामा कुकुर र ड्रोन प्रयोग गरिँदै
शुक्रबार, ११ असोज २०८१, १४ : ००
काठमाडौँ । दसैँ र तिहारको सुरक्षामा काठमाडौँमा प्रहरीले तालिमप्राप्त कुकुर ड्रोन परिचालन गर्ने भएको छ । चाडपर्व अवधिभर १५ दिनमा कम्तीमा १२० ठाउँमा तालिमप्राप्त कुकुर परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने– ‘रुटिन बनाएर तथा आवश्यकता अनुसार कुकुर प्रयोग गरेर चेकजाँच गर्छौं ।’
त्यस्तै, बसपार्क र भिडभाड हुने ठाउँमा ड्रोनको प्रयोग गरेर प्रहरीले सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ भित्रिने नाका, बसपार्क र भिडभाड क्षेत्रमा ड्रोन प्रयोग गर्ने गरी सुरक्षा योजना लागु गरिएको एसएसपी रजौरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण