नेपाल टेलिकमले ल्यायो दसैँ अफर
काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ अफर २०८१ ल्याएको छ । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् ।
यस अफर अन्तर्गत साबिकका एफटीटीएचका प्याकेजहरूमा साबिककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरूमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क रु. ५०० मिनाहा समेत गरिएको छ ।
यसै गरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै रु. २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण