बालकविता
दसैँ
सोमबार, १४ असोज २०८१, १७ : ३५
वर्षा सकिएपछि आउँछ दशैँ रमाइलो ।
दशैँका बेला कति राम्रो अनि घमाइलो ।।
दसैँ हामी मनाउँछौँ पन्ध्र दिनसम्म ।
घटस्थापना पहिलो र कोजाग्रत अन्तिम ।।
नौ दिन हुन्छ महिषासुर र दुर्गाबिच युद्ध ।
दसौँ दिनमा विजय भई दैत्य हुन्छ नष्ट ।।
बलि दिने परम्परा पहिलेदेखि चलेको ।
नयाँ लुगा किन्छौँ हामी कति राम्रो राम्रो ।।
रातो टीका निधारमा जमरा छ कानमा ।
पिङ खेल्दै रमाउँदा खुसियाली छ मनमा ।।
कति मजा आउँछ चङ्गा उडाउँदा ।
झनै रमाइलो त मामा घर जाँदा ।।
०००
युरो स्कुल छाउनी
कक्षा ६ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
-
भलिबल लिगमा अक्सनबाट छानिए यी खेलाडी, को कतिमा बिके ?
-
१० बजे १० समाचार : ओली–प्रचण्ड मिल्दा रिसाए माधव, कांग्रेसले प्रदेशमा गठबन्धनको प्रयास जारी राख्ने
-
निर्मला पन्त प्रकरणका आठ वर्ष पूराः अनुसन्धान अधुरै
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
-
भारतीय परीक्षा प्रणाली सुधारका प्रधानमन्त्री मोदीले गठन गरे कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण