डीआईजी पोखरेल अवकाशमा
सोमबार, १४ असोज २०८१, १८ : ५२
काठमाडौँ । प्रहरीका डीआईजी यज्ञविनोद पोखरेलले अवकाश पाएका छन् । पोखरेललाई निमित्त आईजीपी टेकप्रसाद राईले बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा निमित्त आईजीपी राईले संगठनले सुम्पिएको जिम्मेवारी पोखरेलले इमान्दारिता पूर्वक पुरा गरेको बताए । उनलाई मायाको चिनो प्रदान गरेर राईले बिदाइ गरे ।
डीआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा गएका हुन् । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् ।
२०५२ कार्तिकमा प्रहरीमा प्रवेश गरेको पोखरेलले एसपी हुँदा रौतहट र सुनसरीको कमान्ड गरेका थिए । एसएसपी हुँदा ललितपुरको कमान्ड गरेका उनले डीआईजीमा मधेस प्रदेशको कमान्ड गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण